मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सागका ३ संस्करणमा स्वर्ण जितेका मानन्धरलाई 'लाइफ टाइम अचिभमेन्ट अवार्ड'

सागका ३ संस्करणमा स्वर्ण जितेका मानन्धरलाई 'लाइफ टाइम अचिभमेन्ट अवार्ड'

डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले मानन्धरलाई नेपाली खेलकुदमा योगदान गरेको भन्दै ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड'बाट सम्मानित गरेको हो।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं- दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत म्याराथनका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर ‘लाइफ टाइम अचिभमेन्ट अवार्डबाट’ शनिबार सम्मानित भएका छन्।

डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले मानन्धरलाई नेपाली खेलकुदमा योगदान गरेको भन्दै ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड'बाट सम्मानित गरेको हो। 

सागको लगातार तीन संस्करणमा स्वर्ण जित्ने मानन्धर पहिलो नेपाली खेलाडी हुन्। उनले सुरुका तीन संस्करणको म्याराथनमा स्वर्ण जितेका थिए।

सन् १९८७ मा भारतको कोलकातामा भएको तेश्रो सागमा वैकुण्ठले स्वर्ण जित्ने क्रममा निकालेको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय सागको १३औं संस्करणको समाप्तिसम्म कसैले तोड्न सकेको छैन। 

विश्व खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिक खेल्ने नेपाली खेलाडीको सूचीमा मानन्धर सबैभन्दा अगाडि छन्। उनले ओलम्पिकको चार संस्करणमा नेपालको प्रतिनिधित्व गरेका छन्।

फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ तथा पूर्वधावक एवं गीतकार बुद्धवीर लामाले मानन्धरलाई सम्मान पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरेका थिए। सोही अवसरमा कलाकारत्रय भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता किरण गजमेर, गायिकका टीका लामिछाने र गीतकार/संगीतकार खेम रिजाल तथा समाजसेवी रुद्र बानियाँलाई प्रतिभा सम्मान पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।

प्रकाशित: Aug 14, 2021| 16:43 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।