आइतबार, पुस १३, २०८२

चन्द्रागिरिमा खुल्यो 'कपडा बैंक'

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैङ्क’  को शुभारम्भ गरिएको छ। नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ ’ बैङ्क स्थापना गरिएको हो।  

National life

प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोका (गेट) मा रहेको ‘कपडा बैङ्क’ लगेर जम्मा गर्न सकिनेछ। यस्ता सङ्कलित कपडा र झोलालाई ‘क्लोथ एन्ड फुड’ बैङ्कले ‘रिसाइकल’ (पुन चक्रण) गर्नेछ। रिसाइकल गरिएका कपडा एवं झोलालाई आकर्षक ‘प्याकेज’ गरी बैङ्कले  आफ्ना ‘शो रुम’ राख्नेछ। आवश्यक पर्ने जो कोहीले ‘शो रुम’मा गई यस्ता कपडा र झोला निः शुल्क लिन सक्नेछन्। 

साथै बैङ्कले विपन्न तथा गरिबलाई वर्गलाई उनीहरुको घरघरमै कपडा र झोला वितरण सुरुआत समेत गरिसकेको जनाइएको छ। काठमाडौँ उपत्यकाभित्र ‘कपडा बैङ्क’सञ्चालन गर्ने चन्द्रागिरि दोस्रो नगरपालिका हो। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, चन्द्रागिरि–४ वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र अभिनेता राजेश हमालले आज आयोजित कार्यक्रममा कपडा बैङ्कको शुभारम्भ गरे। 

सो अवसरमा नगरप्रमुख गिरीले कपडा बैङ्कलाई आगामी दिनमा थप प्रवद्र्धन गर्न वडा तहमा विस्तार गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिँदै बैङ्कका बारेमा समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताए। 
अभिनेता हमालले कपडा बैङ्कका साथसाथमा खाद्यान्न बैङ्क स्थापनाको तयारी गरिएको जानकारी दिँदै कपडा बैङ्कबाट विपन्न समुदायलाई बढी फाइदा हुने बताए।

‘क्लोथ एन्ड फुड’का अध्यक्ष कमल जिसीले प्रयोगमा नआएका कपडा सङ्कलन गरेर ‘रिसाइकल’ गरी विपन्न तथा गरिब मानिसमाझ पुर्याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताए। उनका अनुसार बैङ्कले ‘रिसाइकल’ लागि बुटवल उपमहानगरपालिकामा कारखाना सञ्चालनमा ल्याएको छ भने १६० स्थानीय पालिकासँग सहकार्य गरेको छ।  

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 07, 2024| 19:58 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्