आइतबार, पुस १३, २०८२

एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको जाहेरी

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध एक महिलाले जबरजस्ती करणी अभियोगमा किटानी जाहेरी दिएकी छन्।

National life

हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा उजुरी आएको हो। सरकारी वकिल कार्यालयले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंलाई जाहेरी पठाएको बताइएको छ।

एमालेकै एक युवतीले बस्नेतलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जाहेरी दर्ता गराएको प्रहरी स्रोतले बताएको छ। बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन्। 

बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ। औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन्। मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ।

प्रमाण लुकाउन बस्नेतको निर्देशनमा आफ्नो अपार्टमेन्टमा २०८० फागुन ८ गते बिहान डाँका चोरी गरिएको पनि पीडितको दाबी छ। 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 07, 2024| 19:04 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्