बुधबार, भदौ १०, २०८३

दुर्गम गाउँ मायाटार झलमल्ल भएपछि...

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

भरतपुर- चितवनको इच्छाकामना गाउँपालिका-२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक विद्युत् सेवा पुगेको छ। शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बत्ती बालेर अन्धकारको युग अन्त्य भएको बताए।

विद्युत् सेवा पुग्न बाँकी मायाटार, रमाइलो डाँडा, तेर्सेगाउँ, डाँडागाउँ, हेप्चे र घुर्केसलगायत एक सय घर बढीमा बिजुली पुगेको अध्यक्ष गुरुङले बताए। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र र इच्छाकामना गाउँपालिकाको सहयोगमा विपन्न परिवारलाई ‘मिटर बक्स, केबल र एमसीभी’ वितरण गरिएको छ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष गुरुङ, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ, वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङले सो क्षेत्रका विपन्न ६० घरमा निःशुल्क मिटरबक्स, कबललगायत उपकरण निःशुल्क वितरण गरे। प्राविधिकले तिनलाई जडान पनि गरेका छन्।

इच्छाकामना गाउँपालिका-१ को दुईसय घरमा विद्युत् सेवा पुगेपछि गाउँ नै झलमल्ल भएको छ। बैशाख लागेपछि बाँकी क्षेत्रमा पनि सेवा विस्तार गरिने प्राधिकरणले जनाएको छ। रासस

प्रकाशित: Apr 07, 2024| 17:31 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्