आइतबार, पुस १३, २०८२

दूध र गोबर बेचेर मासिक डेढ लाख कमाउँछ कृष्ण-मोहन गौशाला

 |  सोमबार, चैत २६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत २६, २०८०

कैलाली- धनगढी उपमहानगरपालिका-३ विशालनगरमा रहेको कृष्ण-मोहन गौशालाले मासिक एक लाख ५० हजार रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ। सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो। गौशालामा सात जनाले रोजगारी पनि पाएका छन्।

National life

विसं २०७५ बैशाखदेखि सञ्चालनमा आएको गौशालामा अहिले एकसय ११ गाई छन्। गौ संरक्षण सेवा समिति गठन गरेर छाडा छाडिएका गाई पाल्न सुरु गरिएको गौशाला सुदूरपश्चिम सरकार, धनगढी उपमहानगरपालिका र स्थानीय चन्दादाताबाट रकम संकलन गरेर स्थापना गरिएको हो।

धनगढी उपमहागरपालिका-३ स्थित शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला सञ्चालित छ। सुरुमा चन्दाबाट चलाइएको गौशालाले अहिले दूध र गोबरबाट आम्दानी लिन थालेको गौशालाकी प्रबन्ध निर्देशक रीता अवस्थीले बताइन्।

निर्देशक अवस्थीका अनुसार गौशालामा दैनिक २५ लिटर दूध बिक्रीबाट मासिक ६७ हजार पाँचसय रूपैयाँ, गोबर बिक्रीबाट मासिक ५० हजार रूपैयाँ र गौदानबाट २५ हजार रूपैयाँ आम्दानी भइरहेको छ। सो आम्दानीबाट सात कर्मचारीलाई वर्षभरि रोजगारी दिन सफल भएको उनले बताइन्।

सडकमा छाडिएका गाईको दयनीय अवस्था देखेर स्थानीय भोजराज पाठकको अध्यक्षतामा गौ संरक्षण सेवा समिति गठन गरी गौशाला निर्माण र गाईको आहाराको व्यवस्था गर्न धनगढीका विभिन्न ७० जनाले दानस्वरुप रकम उपलब्ध गराएका थिए। चन्दादाताबाट प्राप्त रकमले गाईको आहार व्यवस्थापन हुँदै आएको छ।

Laxmi sunrise bank
kumari

गौशालामा भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारबाट ४० लाख रूपैयाँ, धनगढी उपमहानगरपालिकाबाट १० लाख रूपैयाँ र तत्कालीन प्रदेशसभा सदस्य डिल्लीराज पन्तबाट आठ लाख रूपैयाँ बजेट उपलब्ध भएको जनाइएको छ। रासस

प्रकाशित: Apr 08, 2024| 10:01 सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्