बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • लुम्बिनी विकास कोषका इञ्जिनियर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा

लुम्बिनी विकास कोषका इञ्जिनियर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार भट्टराईले घुसवापत भक्त्तपुरको जग्गा खरिद गर्नका लागि निर्माण व्यवसायीसँग रु ८० लाख घुस मागेको र सो रकम जग्गा बिक्रेताको खातामा जम्मा गर्न लगाएको पाइएको छ। आयोगले प्रमुख इञ्जिनियर सरोजले आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गरेको आरोप लगाएको छ। 

आयोगले छोरा सरोज र आमा जनकनन्दनी भट्टराई दुवैलाई आरोप लगाउँदै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। आरोपी दुवैलाई बिगो बमोजिम कारवाहीको माग गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रकाशित: Apr 07, 2024| 16:39 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्