आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • जुम्ला पुगेका पूर्वराजा शाहले भने- नयाँ समझदारी र सम्झौताबाट निष्कर्ष निकालौं

जुम्ला पुगेका पूर्वराजा शाहले भने- नयाँ समझदारी र सम्झौताबाट निष्कर्ष निकालौं

 |  शनिबार, चैत २४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत २४, २०८०

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ संवाद र सर्वपक्षीय सम्मेलन आवश्यक रहेको धारणा राखेका छन्। आर्थिक अभावले नागरिकले सिप प्रयोग गर्न नपाएका भन्दै शाहले नयाँ राष्ट्रिय सोच बनाउन आवश्यक देखिएको दाबी गरे।

National life

शनिबार जुम्लामा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको बताए। ‘अब सुध्रौँ, अब चेतौं र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ। मार्ग सुधार गरौं, नयाँ समझदारी, नयाँ सम्बाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ,’ शाहले भने।

परिवर्तन पीडादायी भएपनि आवश्यक रहेको उनको भनाइ थियो। ‘परिवर्तन साँच्चै पीडादायी भएपनि सधैं आवश्यक हुन्छ। याद होस्, संसारको पाङ्ग्रा सधैं आफ्नो गतिमा चलिरहेको हुन्छ। यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन,’ उनले भने।

अपार सम्पदा हुँदाहुँदै पनि देश परनिर्भरतातिर गइरहेको उल्लेख गर्दै शाहले देश छाडेर विदेशमा ताप र पीडा खप्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए।

‘आज देश कता जाँदैछ, तपाईहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरतातिर गईरहेका छौं। आफ्नै भूगर्भभित्र अथाह धनधान्य छ, तर खानका लागि काम खोज्न हामी भौँतारिइ राखेका छौं,’ उनले भने, ‘त्यसैले म भन्छु अब हामी राष्ट्रको पुरानो गौरब फर्काउनका लागि जुटौं। देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ।’
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 06, 2024| 18:40 शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्