आइतबार, पुस १३, २०८२

'नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हुन्छ'

 |  शनिबार, चैत २४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत २४, २०८०

National life
Laxmi sunrise bank
kumari

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दल जोसुकै गरेको भए पनि कानूनको शासनभन्दा माथि कोही पनि नहुने बताएका छन्।

ललितपुरमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा नयाँ वा पुरानो भनेर छुट नहुने बताए। उनले भने, ‘कानूनको शासनको लागि हामी उभिन्छौं भन्नुको अर्थ प्रश्नभन्दा माथि कोही छैन। प्रश्नभन्दा माथि कोही शक्तिशाली पनि छैन। प्रश्नभन्दा माथि कुनै नेता छैन। प्रश्नभन्दा माथि नयाँ नेता पनि छैन, पुराना नेता पनि छैनन्। कोही पनि प्रश्नभन्दा माथि छैनन्। कोही पनि कानूनभन्दा माथि छैन। यदि एउटा सर्वसाधारणले गरेको कुनै काम ठगी ठगी हो भने शक्तिशालीले गरेको ठगी पनि ठगी नै हो। यदि सर्वसाधारणले गरेको कुनै काम कीर्ते कीर्ते हुन्छ भने शक्तिशालीले गरेको कीर्ते पनि कीर्ते नै हुन्छ।’

रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै महामन्त्री थापाले प्रश्नभन्दा माथि कोही पनि नेता नरहेको बताए। उनले भने, ‘एउटा सामान्य मान्छेले वडामा गएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यसले मन्त्री भएर यदि सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यो भ्रष्टाचार नै हुन्छ। भ्रष्टाचार कांग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ, नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हुन्छ।’

प्रकाशित: Apr 06, 2024| 18:38 शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्