आइतबार, पुस १३, २०८२

मार्तडीमा लाखौं खर्चिएर जडान गरेको सोलार अलपत्र

 |  शनिबार, चैत २४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत २४, २०८०

बाजुरा- बाजुराको बडीमालिका नगरपालिकाको बजार क्षेत्रमा जडान गरिएका सोलार (सौर्य) बत्ती दुई वर्षदेखि मर्मत हुन सकेका छैनन्। बिग्रिएका सोलार बत्ती नगरपालिकाले मर्मत नगर्दा हाल प्रयोगविहीन अवस्थामा छन्।

National life

मार्तडी बजार क्षेत्रमा रातिको समयमा आवतजावतमा सहजताका लागि मालिका माध्यमिक विद्यालयदेखि जिल्ला अस्पताल, खुलामञ्चदेखि गौडाडिलसम्म र खुलामञ्चदेखि चैडिलसम्मको क्षेत्रमा सोलार बत्ती जडान गरिएका थिए। बिग्रेका बत्ती मर्मत गर्न नगरपालिकाले चासो देखाएको छैन। विसं २०७४ मा स्थानीय तहले लाखौँ रूपैयाँ खर्च गरेर सोलार बत्ती जडान गरेको हो।

'रातिको समयमा दुर्घटनाको जोखिम बढेको छ', स्थानीय उर्मिला रोकायाले भनिन्।

मार्तडी बजारको सडकको छेउमा सोलार बत्ती निर्माण गर्ने अभियानसहित बडीमालिका नगरपालिकादेखि गौणडिल, लोकतान्त्रिक चोक हुँदै डिभिजन वन कार्यालय र  मालिका मन्दिरको चैतडिलसम्म सौर्यबत्ती जडान गरी प्रयोगमा ल्याएको थियो।

सदरमुकाम मार्तडी बजारलाई सौर्यबत्तीले झिलीमिली र बजारको प्रत्येक ठाउँमा राख्ने भनिएका सिसी क्यामरा पालिकाको नीति तथा कार्यक्रममा मात्र सीमित छ। स्थानीय तहले सोलार बत्ती मर्मत कार्यमा ध्यान नदिएको स्थानीय हर्कबहादुर थापाले बताए।

Laxmi sunrise bank
kumari

नगर उपप्रमुख नन्दा थापाले सोलार बत्ती मर्मतका लागि गत आर्थिक वर्षमा बजेट अभाव भएको बताइन्। उनले चालु आर्थिक वर्षभित्रै सोलार बत्ती मर्मत गरिने बताइन्। पालिकामा प्रमुख प्रशासकीय अधिकृत केही समय अन्यत्र सरुवा हुँदा कामा बाधा पुगेको उपप्रमुख थापाको भनाइ छ। रासस

प्रकाशित: Apr 06, 2024| 20:31 शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्