आइतबार, पुस १३, २०८२

उद्यम गरेर स्वावलम्बी बन्दै बाँकेका एकल महिला

 |  शनिबार, चैत २४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत २४, २०८०

बाँके- धनी परियारको दैनिकी विवाहमा प्रयोग हुने सगुनको डालो, सुपो, शाहीपाटो, घुम्टो, जडी मालालगायत शृंगारका सामग्री बनाउनमा बित्छ।

National life

पचास वर्षीया उनले नेपालगञ्ज उपमहानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित ४५ दिने विवाहको ‘सगुन एवं शृंगारका सामग्री निर्माण तालिम’ मा सहभागी भएपछि ती सामान बनाउन थालेकी हुन्।

एकल महिला उनी नेपालगञ्ज उपमहानगरपालिका-१ धम्बोझीकी स्थायी बासिन्दा हुन्। उनले वर्षौँ कपडा सिलाएर जीवन गुजारा गर्दै आएको बताइन्। 'मैले १२ वर्षसम्म सिलाइ गरेर खर्च जुटाएँ, दैनिक दुई सय पचासदेखि पाँच सयसम्म कमाइ हुन्थ्यो। त्यसले घर खर्च चलाउन धौधौ हुन्थ्यो।'

हातमा सीप भयो भने आफ्नो बेग्लै पहिचान हुने र आर्थिकरुपमा पनि बलियो भइन्छ भन्ने लागेर तालिममा सहभागी उनले नेपालगञ्जको सीप विकास तालिम केन्द्रको सभाकक्षमा  सगुनको मखमली डालो देखाउँदै भनिन्, 'तालिमको प्रमाणपत्र पाइयो अब व्यवसाय गर्ने हो।' 

धनी परियारजस्तै सोही तालिमकी सहभागी प्रमिला केवँट। घाँस काटेर जीविकोपार्जन गरेकी उनी अब तालिममा सिकेको सीपबाट व्यावसायिक परिचय बनाउनेतर्फ लाग्ने बताउँछिन्।

Laxmi sunrise bank
kumari

उद्यमशीलतासम्बन्धी दुईदिने तालिममा सहभागी भएपछि पुनः एक हप्ताको तालिमबाट छानिएर उनी ४५ दिने सगनु एवं शृंगारका सामग्री  बनाउने तालिममा सहभागी भएकी हुन्।

दिदी भिनाजुसँगै बस्दै आएकी प्रमिलामा प्रशिक्षक संगीता गौतमले भनेझैँ आफ्नै व्यवसाय सञ्चालन क्षमता छ। 'मैले अनुभवको लागि मात्र यो तालिम लिएको होइन म अब उद्यम गर्न चाहन्छु,' उनले भनिन्।

नेपालगञ्ज उपमहानगरपालिका-१ वाटरपार्ककी नम्रता मल्ललाई पनि धनी परियार र प्रमिला केँवटजस्तै उद्यमी बनेर आफ्नै व्यवसाय गर्ने चाहना छ। सीपले स्वावलम्बी बनाउने वास्तविकता बुझेर नै उनीहरू उद्यम गरिरहेका छन्। उनीहरूसँगै अन्य १० जना महिला पनि सीप सिकिरहेका छन्।

प्रकाशित: Apr 06, 2024| 19:31 शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्