आइतबार, पुस १३, २०८२

पर्सामा ६७३ नयाँ उद्योग दर्ता, बढ्दैछन् महिला उद्यमी

 |  शनिबार, चैत २४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत २४, २०८०

वीरगञ्ज- पर्सामा महिलालाई मुख्य सञ्चालक बनाएर साना उद्योग दर्ता गर्ने क्रम बढेको छ। सरकारले महिला सञ्चालक भएका उद्योग दर्तामा ३५ प्रतिशतमात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उद्योग दर्ता बढेको हो।

National life

दैनिक १० देखि १२ वटासम्म नयाँ उद्योग दर्ता हुने गरेकामा करिब ७० प्रतिशत व्यापार महिलाकै नाममा दर्ता हुने गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले बताए। उनका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा पर्सामा छ सय ७३ नयाँ उद्योग दर्ता भएकामा तीमध्ये दुई सय ९९ व्यवसायका सञ्चालक महिला छन्। 

महिलाका नाममा दर्ता भएका व्यवसायमा सिलाइकटाइ, ब्युटीपार्लर छन् भने उद्योगतर्फ  कृषि, माछा तथा पशुपालन छन्।

नयाँ दर्ता भएको उद्योगमा एक हजार सातसय नौजना पुरुष र एक हजार दुई सय ८० जना महिलाले रोजगारी पाएका उक्त कार्यालयले जनाएको छ। आठ महिनमा १६ वटा उद्योगको नाम संशोधन, ३७ वटाको नामसारी, २५ वटाको ठाउँ सारी, पाँच वटा उद्योगको वातावरण परीक्षण, एक सय २५ वटा उद्योगको पुँजीवृद्धि गरिएको छ।

सो अवधिमा सात सय २६ वटा उद्योगको नवीकरण, ७९ वटाको लगत कट्टा, छ वटाको शाखा विस्तार तथा ३३ वटा उद्योगको उद्देश्य थप गरिएको छ।

Laxmi sunrise bank
kumari

नयाँ उद्योग दर्ता, नवीकरणलगायत सेवा प्रवाहबाट राज्यकोषमा ५४ लाख १९ हजार ७५ रूपैयाँ दाखिला भएको छ। रासस

प्रकाशित: Apr 06, 2024| 22:01 शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्