सोमबार, असार ८, २०८३

मेटल उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु

 |  शनिबार, चैत २४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत २४, २०८०
National life
Shivam cement

काठमाडौं- ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा आज भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ। मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार घटना आज बिहान ६ बजेतिर भएको थियो। आगलागीको कारण नखुले पनि विद्युत् चुहिएको आशङ्का गरिएको सुवेदीले बताए। उनका अनुसार सोफा बनाउने फ्याक्ट्री ‘सिक्मा मेटल इन्टेक्स प्रालि’मा आगलागी भएको र अहिले आगो नियन्त्रणमा आइसकेको छ। 

क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको बताउँदै प्रउ सुवेदीले प्रारम्भिक रुपमा हेर्दा मेटल उद्योगमा रहेका सोफा तथा कच्चापदार्थहरु जलेर नष्ट भएका जानकारी दिए। 

प्रकाशित: Apr 06, 2024| 13:03 शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्