आइतबार, पुस १३, २०८२

उपनिर्वाचन

इलाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

National life
Laxmi sunrise bank
kumari

इलाम- प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। 

इलाम बजारस्थित बार एशोसिएसनको भवनमा स्थापना भएको सो कार्यालयको निर्वाचन आयुक्त डा जानकी तुलाधरले आज उद्घाटन गरेकी हुन्। कार्यालय स्थापनाका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त डा तुलाधरले स्वच्छ, स्वतन्त्र र विश्वसनीय ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताए। 

त्यस अवसरमा इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले इलाममा निर्वाचन सम्पन्न गर्न सुरक्षाका हिसाबले कुनै चुनौती नरहेको बताए। उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ। यहाँको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २० राजनीतिक दल दर्ता भएका छन्।

प्रकाशित: Apr 04, 2024| 18:01 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्