सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
ब्रसेल्स- बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट सम्झौता र आफ्नो करिअर जोगाउन सङ्घर्षरत बेलायती प्रधानमन्त्री थेरेसा मे तीन दिनको बीचमा दोस्रो पटक ब्रसेल्स आइपुगेका छन्। 

युरोपेली युनियनको मुख्यालयमा हुने वार्तामा युरोपेली मध्यस्थकर्ताहरुले प्रधानमन्त्री मेका पछिल्ला धारणाहरुका बारेमा विचारविमर्श गर्नेछन्। तर, यसअघि नै युरोपेली युनियनसँग भएको ५८५ पृष्ठको बहिर्गमनसम्बन्धी सम्झौतामा भने तत्काल कुनै परिवर्तन हुने छैन। 

युरोपेली युनियनको शिखर बैठक बिहीबार बस्नेगरी तय भएको छ। बैठकमा युरोपेली युनियनमा आबद्ध देशका नेताहरु सहभागी हुने कार्यक्रम छ। गत नोभेम्बर २५ मा भएको युरोपेली युनियनको बैठकले बेलायतको बहिर्गमन सम्बन्धी सम्झौता (ब्रेक्जिट)लाई अनुमोदन गरेको थियो। 

तर निकै लामो बहस र मध्यस्थता पश्चात सम्पन्न उक्त सम्झौता भएलगत्तै बेलायतमा नयाँ विवाद उत्पन्न भएको छ। सम्झौताका विषयमा बेलायती जनमत र संसदमा चर्को बहस हुनुका साथै दोस्रो जनमतसङ्ग्रह गर्नुपर्ने आवाज उठेको छ। साथै, प्रधानमन्त्री मेको नेतृत्व क्षमताका बारेमा पार्टीभित्र र संसदमा छलफल भइरहेको छ। 

पार्टीभित्र नेतृत्व बिबाद एक वर्षका लागि टुङ्गिए पनि ब्रेक्जिटलाई बेलायतको संसदले औपचारिक अनुमोदन गर्नुपर्ने चुनौती अद्यापी छ। 

“बेलायतमा भएको छलफल हेर्दा परिस्थिति त्यति सहज देखिन्न, तर ब्रेक्जिटमा जटिलता नआओस् भन्ने हाम्रो चाहना हो। यसका निम्ति हाम्रो समर्थन रहन्छ,” अस्ट्रियाका चान्सलर सेबास्टियन कर्जले बताउनुभयो। अस्ट्रियाले अहिले युरोपेली युनियनको अध्यक्षता गरिरहेको छ। युरोपेली आयोगका अध्यक्ष डोनाल्ड टस्कसँग यसै साता बस्ने युनियनको शिखर बैठकका कार्यसूची तय गर्न उहाँ ब्रसेल्स आइपुग्नु भएको छ। 

“स्पष्टै छ, बहिर्गमन सम्झौतालाई छलफलमा ल्याइने छैन र त्यसमा संशोधन पनि हुने छैन तर दुबै पक्षका सरोकारका विषयमा भने छलफल हुन सक्नेछ,” कर्जले भन्नुभयो। 

प्रधानमन्त्री मेले युरोपका तीन देशको भ्रमण गरी त्यहाँका नेताहरुबाट ब्रेक्जिटका बारेमा समर्थन जुटाउने प्रयत्न गर्नुभएको छ। युरोपेली आयोगका अध्यक्ष डोनाल्ड टस्कले पनि बेलायती प्रधानमन्त्रीलाई सहयोग गर्ने तत्परता देखाउनुभएको छ, तर उहाँको एउटा प्रश्न छ, “त्यो कसरी ?” 

बेलायतको “आपतकालीन सावधानी”का लागि गरेको आग्रह के हो भनी सोधिएको प्रश्नमा चान्सलर कर्जले भने, “उदाहरणका लागि, बेलायतले चाहेको त्यो आपतकालीन व्यवस्था कहिलेसम्मका लागि हो ? त्यो कहिले समाप्त हुन्छ ?” 

आयरल्यान्ड युरोपेली युनियनको सदस्य कायमै रहेको अवस्थामा आपतकालीन व्यवस्था हुनैपर्ने धारणा युरोपेली अधिकारीहरुको छ। “ब्रेक्जिटको अन्तिम मिति राख्न अब जरुरी देखिन्न,” एकजना अधिकारीले बताए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।