सोमबार, असार ८, २०८३

नयाँ वर्षमा रेड्मी नोट १३ सिरिजमा आकर्षक योजना

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

साओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले रेड्मी बड्स ४ एक्टिभ फ्री मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्ने छन्।

National life

कम्पनीका अनुसार रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो + ५ जिको खरिदमा ग्राहकले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ ३ हजार ४९९ रूपैयाँमा प्राप्त गर्नेछन्।

रेड्मी वाच ३ एक्टिभको वास्तविक मूल्य पाँच हजार ६९९ रूपैयाँ हो। त्यसैगरी रेड्मी नोट १३ खरिदमा ग्राहकले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन्।

यस योजनाले नेपाली बजारमा उच्च गुणस्तरीय, पहुँचयोग्य प्रविधि प्रदान गर्ने साओमीको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले नयाँ वर्षको अवसर पारेर नयाँ योजनाहरू ल्याउन पाउँदा निकै खुसी भएको उल्लेख गर्दै रेड्मी नोट १३ मार्फत कम्पनी नवीन प्रविधिको पहुँच ग्राहकमा पुर्याउन खोजिरहेका बताए।

Shivam cement

 

प्रकाशित: Apr 03, 2024| 13:30 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्