बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेल बन्यो आरएनजिसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनरअप

एनसेल बन्यो आरएनजिसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनरअप

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजिसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनरअपको उपाधि जितेको छ। प्रो सञ्जय लामाको नेतृत्वमा रहेको एनसेल ‘ए’ टोलीले १२ अन्डर स्कोर गर्दै तेस्रो रनरअप अर्थात् चौथो स्थान हासिल गरेको हो।

यस एकदिवसीय प्रतियोगितामा कुल २९ कर्पोरेट हाउसका सहभागीले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक टोलीमा एक व्यावसायिक गल्फर र तीन एमेच्योर गल्फर रहेका थिए र प्रतियोगिता १८ होलमा खेलाइएको थियो। एनसेल ‘ए’ समूहमा व्यावसायिक गल्फर सञ्जय लामासहित तीन एमेच्योर गल्फर रहेका थिए। लामाले तेस्रो रनरअप बनेकोमा १० हजार नगद पुरस्कार जितेका थिए।

त्यस्तै, अर्का व्यावसायिक गल्फर सन्तोष रोक्काको नेतृत्व रहेको कैलाश हेलिकोप्टरको समूहले प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो। रोक्काले ५० हजार रुपैयाँ जिते। मातृका आई उपविजेता बनी ३० हजार रुपैयाँ पुरस्कार जितेका थिए। त्यसैगरी, व्यावसायिक गल्फर भीमसेन चौलागाइको नेतृत्वमा रहेको सपोर्ट नेपाल दोस्रो रनरअप बनेको थियो। चौलागाईंले २० हजार रुपैयाँ पुरस्कार जितेका थिए।

 

प्रकाशित: Apr 03, 2024| 13:29 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्