आइतबार, चैत २९, २०८२

जिडब्लुएमका गाडीमा विशेष अफर

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

जिडब्लुएमको वितरक भिजी इम्पेक्सले नयाँ वर्षका अवसरमा ‘सानदार नववर्ष २०८१’ योजना ल्याएको छ।

National life

योजना अनुसार आगामी नयाँ वर्षलाई स्वागत गर्न जिडब्लुएमका हाभल–एचसिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरूमा विशेष अफरहरू राखिएका छन्। कम्पनीका अनुसार ओरा ०३ इभीमा नगद छुट, फ्री एसेसरिज, एक वर्षसम्मको व्यापक बिमा र फास्ट चार्जरसहित पाँच लाख रूपैयाँ लगायतका फाइदाहरू ग्राहकले पाउनेछन्।

हाभलका एच सिक्स र जोलायनमा ८.५ लाखसम्मको फाइदासहित नगद छुट, एक वर्षसम्मको बिमा, एक्सचेन्ज बोनस र फ्री एसेसरिज साथै पावरमा १० लाखसम्मको फाइदासहित इलेक्ट्रिक सनरूफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यी सुविधाहरू मार्फत अटोमोटिभ उत्साहीले उत्कृष्ट ड्राइभिङ अनुभव गर्दै आगामी नयाँवर्ष अविष्मरणीय बनाउन सक्नेछन्।

जिडब्लुएम नेपालले अटोमोटिभ उत्साहीहरूलाई उनीहरूको ड्राइभिङ अनुभवमा प्रभाव र लक्जरीका अतुलनीय फाइदाहरू ल्याउने विशिष्ट सम्झौताहरूका साथ यो नयाँवर्ष विशेष बनाउने मौका प्रदान गरेको छ। साथै ग्राहकले जिडब्लुएमको सोरूममा गई टेस्ट ड्राइभ गर्न सक्ने लगायतका सुविधाहरू पनि ल्याएको कम्पनीले जनाएको छ।

kumari

प्रकाशित: Apr 03, 2024| 13:27 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्