बिहीबार, भदौ ११, २०८३

सुनको भाउ १ लाख ३३ हजार

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

काठमाडौं- नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। त्यसदिन सुन प्रतितोला एक लाख ३१ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला १ लाख ३३ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार चार सय रूपैयाँ बढी हो।

हिजो भने सुनको भाउ प्रतितोला चार सय रूपैयाँ घटेको थियो। मंगलबारको तुलनामा भने सुनको भाउ प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३० हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Apr 03, 2024| 11:48 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्