आइतबार, पुस १३, २०८२

उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य

 |  मंगलबार, चैत २०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २०, २०८०

काठमाडौं- स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु चार सयले घटेको छ। 

National life

सोमबार तोलामा रु एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ। 

यस्तै, तेजावी सुन सोमबार तोलामा रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि रु एक लाख ३० हजार पाँच सय ५० निर्धारण भएको छ। 

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ। सोमबार प्रतितोला रु एक हजार पाँच सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार पाँच सय ४५ निर्धारण गरिएको छ। 

प्रकाशित: Apr 02, 2024| 11:45 मंगलबार, चैत २०, २०८०
प्रतिक्रिया दिनुहोस्