आइतबार, पुस १३, २०८२

महालेखा परीक्षकमा पूर्व अर्थसचिव राय सिफारिस

 |  आइतबार, चैत १८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत १८, २०८०

काठमाडौं- महालेखा परीक्षकमा सचिव तोयम राय सिफारिस भएका छन्। आइतबार बसेको संवैधानिक परिषद्को बैठकले सार्वजनिक संस्थाको अन्तिम लेखा परीक्षण गर्ने यो निकायमा उनको नाम सिफारिस गरेको हो।
राय अहिले राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको भूमिकामा छन्।

National life

विष्णु पौडेल अर्थमन्त्री भएको बेला उनी अर्थसचिव थिए। त्यसअघि उनले राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि सचिवको जिम्मेवारी निभाएका थिए।

महालेखा परीक्षक संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ। गत जेठ ७ गते महालेखा परीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि महालेखा परीक्षकको कार्यालय कार्यवाहकको भरमा चलिरहेको थियो।

संवैधानिक परिषद् सचिवालयले गत साउन २० गते महालेखा परीक्षक नियुक्त हुन इच्छुकहरुसँग आवेदन मागेको थियो। यसमा रायसहित १६ जनाले दाबेदारी प्रस्तुत गरेका थिए। आवेदन दिनेहरूमा पूर्व अर्थसचिव शिशिरकुमार ढुंगाना, पूर्वसचिवहरु राममाया कुँवर, रामशरण पुडासैनी, गोपीनाथ मैनाली, हरि बस्याल, रामप्रसाद थपलिया, शंकर खरेल र बाबुराम गौतम थिए।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 31, 2024| 11:14 आइतबार, चैत १८, २०८०
प्रतिक्रिया दिनुहोस्