आइतबार, चैत २२, २०८२

सिटी समूह विजेता बन्दै नकआउट चरणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- इंग्लिश क्लब म्यानचेस्टर सिटी समूह विजेता बन्दै युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मन क्लब होफेनहामलाई २-१ ले पराजित गर्दै सिटी समूह ‘एफ’ को विजेता बनेको हो । 

घरेलु मैदानमा सिटीलाई जित दिलाउन लोरी साने एक्लैले दुई गोल गरे । होफेनहाइमका आन्द्रेज कर्मारीचले एक गोल फर्काएका थिए । खेलमा सुरुवाती अग्रता भने होफेनहामले बनाएको थियो । अग्रता जा्गाउन नसक्दा होफेनहाम २-१ ले पराजित हुन पुगेको हो । 

खेलको १६ औं मिनेटमा पेनाल्टीमा कर्मारीचले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्तिम मिनेटमा सिटीका सानेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । 

त्यसपछि खेलको ६१ औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-१ को जित दिलाए । यस समूहबाट लियोनले समूह उपविजेता बन्दै नकआउट चरणमा स्थान बनायो । ८ अंक जोडेको लियोनले बुधबार राति शख्तर डोनेक्स्टसंग १-१ गोलको बराबरी खेलेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।