शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनीका ३ सांसदलाई बर्खास्त गर्न सभामुखलाई पत्र लेख्ने जसपाको निर्णय

लुम्बिनीका ३ सांसदलाई बर्खास्त गर्न सभामुखलाई पत्र लेख्ने जसपाको निर्णय

जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो पार्टीबाट निर्वाचित लुम्बिनी प्रदेशका तीन जना सांसदलाई कारबाही गर्न सभामुखलाई पत्र लेख्ने निर्णय गरेको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो पार्टीबाट निर्वाचित लुम्बिनी प्रदेशका तीन जना सांसदलाई कारबाही गर्न सभामुखलाई पत्र लेख्ने निर्णय गरेको छ। निर्वाचन आयोगबाट जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव पक्ष नेतृत्वको जसपाले महन्थ ठाकुर पक्षमा लागेका तीन जनालाई बर्खास्त गर्नका लागि सभामुखलाई पत्र लेख्ने निर्णय गरेको हो।

विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट बर्खास्त गर्न पत्र पठाउने निर्णय भएको जसपाका एक नेताले जानकारी दिए। 

मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति विपरीत केपी शर्मा ओली पक्षको एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै कारबाही गर्ने तयारी गरेको हो।

सोमबार मात्र उपेन्द्र यादव पक्षको जसपाले निर्वाचनबाट आधिकारिकता पाएको थियो। 

प्रकाशित: Jul 28, 2021| 06:50 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...