आइतबार, साउन १०, २०८३

सिटिजन्सद्वारा वुमन एक्टलाई आर्थिक सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- 'योर पार्टनरफर प्रोग्रेस' भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवा पुर्‍याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको वुमन एक्टनामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ।

वुमन एक्टको केन्द्रीय कार्यालय टुसाल, महाराजगंजमा आयोजित कार्यक्रममा बैंककाप्रमुखकार्यकारी अधिकृत श्रीराजन सिंह भण्डारीको उपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाखको चेकसंस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण गरे। 

भुकम्प प्रभावित क्षेत्रका महिलालाई आर्थिक रूपले सबल बनाउनकानिम्तिउक्त रकमप्रयोग गरिने कुरा संस्थाका संचालकश्री अधिकारीले बताए। आगामी दिनमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मकपरिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाटकरिवतीनलाखपचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्गसेवाहरु प्रदानगर्दै आएको छ। 

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्