सोमबार, जेठ २६, २०८२

नेपालले आयरल्यान्ड 'ए'लाई दियो १९९ रनको लक्ष्य

 |  मंगलबार, चैत १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १३, २०८०

vianetvianet

काठमाडौं- नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्ड ‘ए’सामु जितका लागि एक सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनायो। नेपालका लागि गुल्शन झाले सर्वाधिक ४६ रनको योगदान दिए। उनले ३२ बल खेल्ने क्रममा एक चौका र चार छक्का प्रहार गरे। 

त्यसैगरी, कुशल मल्लले १३ बलमा एक चौका र चार छक्काको सहयोगमा ३४, कप्तान रोहितकुमार पौडेलले २४ बलमा पाँच चौकाको मद्दतमा ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२ तथा आशिफ शेखले ११ रन बनाए।

बलिङतर्फ आयरल्याण्ड ‘ए’ का म्याथ्यु फस्टरले तीन, बेन ह्वाइटले दुई तथा फिन ह्यान्ड र गेभिन होईले एक एक विकेट लिए। आयरल्याण्ड ‘ए’ले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। उसले केहीबेर अघिसम्मको खेलमा सात ओभरमा दुई विकेट गुमाएर ५४ रन बनाएको छ। नेपालका कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिएका छन्। 

प्रकाशित: Mar 26, 2024| 15:18 मंगलबार, चैत १३, २०८०
प्रतिक्रिया दिनुहोस्