मंगलबार, असार २३, २०८३

पारस खड्काले भेटे प्रधानमन्त्री देउवा

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं- नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा खड्का र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो। 

भेटमा क्रिकेट क्षेत्रको विकासका विषयमा कुराकानी भएको बताइएको छ। भेटपछि प्रधानमन्त्री देउवाले ट्विट गर्दै दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता पारसको योगदानको चर्चा गर्दै क्रिकेटमा झन् ठुलो सपना देख्न प्रेरित गरेको भन्दै धन्यवाद दिएका छन्। 

'दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्का (पारसलाई मेन्सन गरिएको)लाई धन्यवाद,' देउवाको ट्विटमा लेखिएको छ, 'नेपाल र नेपालीको शीर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।'

भेटमा क्रिकेटर खड्काले पनि क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको भन्दै प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका थिए। 

पारसले केही दिनअघि मात्र नेपाली राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए। यसपछि आयोजित पत्रकार सम्मेलनामा आफू क्रिकेटकै विकासमा लाग्ने बताएका थिए। उनले राजनीतिमा आउन सक्ने समेत संकेत गरेका थिए। 

प्रकाशित: Aug 14, 2021| 15:08 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।