आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एन.आइ.सि एसिया बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एन.आइ.सि एसिया बैंक लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका गा्रहकहरुले एन.आइ.सि एसिया बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आईएमई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्तगर्न हुन्छ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६५ स्थानबाट बिभिन्न शाखामार्फत सेवा प्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सार्वधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यूनआय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४