आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • शेयर बजार नउक्सिनुमा सिमित व्यक्ति र समूहको हात: गभर्नर नेपाल

शेयर बजार नउक्सिनुमा सिमित व्यक्ति र समूहको हात: गभर्नर नेपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जबसम्म शेयर बजारमा सम्पूर्णको पहुच हुदैन तबसम्म माथि उठ्न नसक्ने देखिएको छ। शेयर बजार अहिले सिमित व्यक्ति र समूहको पहुँचमा सिमित छ। त्यसलाई वृद्धि र विस्तार गर्न सकिएको छैन।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले शेयर बजार अपेक्षाअनुसार नबढेको बताए। उनकाअनुसार शेयर बजार संकुचित छ। विस्तार गर्नु पर्नेमा उनले जोड दिएका छन्। ‘कहिलेसम्म सिमित व्यक्ति र समूहले मात्रै शेयर बजारमा लगानी गरिररहने त्यसरी हुन्छ?’उनको प्रश्न छ‘अरुलाई पनि किन्न दिँउ। बजार विस्तार गरौं। अहिलेसम्म बजार बिस्तार हुन सकेको छैन।’

उनका बुझाइअनुसार शेयर बजार पहुचवला सिमित व्यक्ति र समूहको एउटै धारणा अफै मात्र किनौं भन्ने छ। त्यस्तै शेयर बजार राजधानीबाहिर नलाने, लगे बर्बाद हुने भन्ने छ।

सरकार भने शेयर बजार सम्पूर्णको पहुँचमा पुर्याउन चाहन्छ। त्यसरीनै अघि बढेको छ। त्यसैले बैंकिङ क्षेत्रबाट शेयर बजारमा लगानी गर्ने व्यवस्था गरिएको उनले बताए। 

नेप्से बढ्यो भने पूँजी वृद्धि हुने हो। देशलाई फाइदा हुने हो। राष्ट्रिय अन्तर्राष्ट्रि स्तरमा मुलुकको पूँजी गौरवसाथ देखाउन सकिन्छ।‘तर यहाँ समस्या छ। ‘माइक्रोफाइनान्सहरुको शेयर भाउ तीन हजार पाँच सय पुग्छ,’ उनको प्रश्न छ ‘किन ८ अर्ब रुपैयाँभन्दा बढी पूँजी भएको बैंकहरुको शेयर भाउ दुई/तीन सय मात्रै छ।’

उनले जापानको उदाहरण दिदै भने, ‘जापानमा स्कुलका सनासाना विद्यार्थीबाटै शेयर बजार सम्बन्धी चेतना दिइन्छ। नेपालमा पनि विगतमा सो सकरात्मक कुराको अनुसरण गर्न खोज्ने हुदा आफुलाई विभिन्न आरोप लागेको सम्झिना छ।’

गभर्नर खतिवडाले मंगलबार बसेको अर्थ समितिको बैठकमा वाणिज्य बैंकहरुले ९३ अर्ब रुपैयाँसम्म मार्जिन प्रकृतिको कर्जा दिन सक्ने प्राबधान रहे पनि हालसम्म ३४ अर्ब रुपैयाँ मात्रै बजारमा पठाएको जानकारी दिए। अहिलेको मार्जिक कर्जा नै पर्याप्त भएको र आवश्यकताअनुसार सरकारले त्यस बिषयमा समेत सम्बोधन गर्न सकिने उनको भनइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्