काठमाडौं- साताको पहिलो र दोस्रो दिन लगातार घटेको नेप्से परिसूचक मंगलबार सामान्य अंकले घटेको छ। नेप्से बजारमा आएका अधिकांश समूहको परिसूचक घट्दा नेप्से बजार ३.०८ अंक घटेर एक हजार १४१.१० बिन्दुमा पुगेको हो।
‘क’ बर्गको मापन गर्ने सेन्सेटीभ इन्डेक्स समेत ०.७६ अंक घटेर २४३.०६ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्स्चेन्ज लिमिटेडकाअनुसार आइतबार १०.८५ अंक बढेर एक हजार १३१.७० बिन्दुमा र सोमबार १२.४९ अंक बढेर एक हजार १४४.१९ बिन्दुमा पुगेको थियो।

मंगलबार १६४ कम्पनीको तीन हजार ५६५ कारोबारबाट १२ लाख ८६ हजार ५७५ पटक शेयर कारोबारबाट ३८ करोड ३२ लाख ९३ हजार १२० रुपैयाँ कारोबार भएको छ।
नेप्से बजारमा आएका दश समूहको परिसूचक मध्ये सबैभन्दा बढी ननलाइफ इन्स्योरेन्सको परिसूचक २८.९ अंक घटेको छ।
त्यसपछि लाइफ इन्स्योरेन्सको परिसूचक २५.७३ अंक, होटेल समूहको परिसूचक १४.६८, बैंकिङ समूहको २.६८, विकास बैंक समूहको १.९३, हाइड्रो समूहको ३.८, माइक्रोफाइनान्स समूहको परिसूचक १०.२५ अंक घटेको छ।
यसैबीच फाइनान्स, उत्पादनमुलक र अन्य समूहको परिसूचक क्रमशः ०.१७, १३.८१ र ०.६२ अंक बढेको छ।