काठमाडौं- सिभिल बैंक लिमिटेडले जीवन बिमा सेवालाई विस्तार गर्ने उद्देश्यले सुर्या लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ।
उक्त सम्झौतापत्रमासिभिल बैंककातर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र सुर्या लाईफ इन्स्योरेन्सकातर्फबाट प्रमुखकार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे।
अबसुर्या लाईफ इन्स्योरेन्सका जीवन बिमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका७० शाखाहरु मार्पmतउपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमालाभान्वितहुने कुरा बैंककाप्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।
सिभिल बैंकले यस अघिपनिजीवनवीमाकम्पनिहरु मेटलाइफ, एलआईसी नेपाल, रिलायबल नेपाललाईफ इन्स्योरेन्स र यूनियनलाईफ इन्स्योरेन्स तथाथुप्रै निर्जीवनवीमाकम्पनिहरुसंग सम्झौता गरी जीवनवीमातथानिर्जीवनवीमासेवाउपलब्ध गराउँदै आइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४