मस्को- दुनियाँमा यस्ता ब्यक्ति पनि छन् जसले दर्जनौ महिलालाई पालै पाले गरेर बलात्कार गर्दै हत्या गर्दै आएका छन् । रुसका एक पूर्व प्रहरी अधिकारीले यस्तै अपराध गरेको ठहर गर्दै अदालतले साजाय दिएको छ ।
रुसको इरकुस्तुक अदालतले ती पूर्व प्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा करिब ५६ जनाको ज्यान लिएकोमा सोमबार दोषी ठहर गरेको हो ।
यसअघि पनि उनले करिब २२ जना महिलालाई महिलाको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाइसकेको छ। उनी हाल जेलमा नै छन्। जेलमा रहेको उनीविरुद्ध भएको सुनवाईका क्रममा थप ५५ जना महिलाको बलात्कार पछि हत्या गरेको र एक प्रहरी अधिकारीको निर्ममतापूर्वक हत्या गरेकोमा दोषी ठहर गरेको हो ।
उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको रुपमा परिचित भएका छन् । उनले सन् १९९२ देखि २००७ को अवधिमा करिब ५६ जनाको ज्यान लिएको अदालतको ठहर छ । एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४