मंगलबार, वैशाख २५, २०८१

एमसीसी अन्तर्गत १८ किमी प्रसारणलाइनको काम अघि बढ्यो

 |  बुधबार, फागुन २३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २३, २०८०

काठमाडौं- एमसिए–नेपाल सञ्चालक समितिको फागुन २१ गते बसेको ४०औँ बैठकले विद्युत प्रसारण आयोजना अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि लामो प्रसारणलाइन सञ्जालबाट १८ किमि लामो बुटवल-गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ। 

triton college

यस सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको छ। 

सञ्चालक समितिको बैठकपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव तथा प्रवक्ता नविनराज सिंहले भने, “नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि यस खण्डको गम्भीरतापूर्ण महत्वलाई दृष्टिगत गर्दै एमसिए–नेपाल सञ्चालक समितिले उक्त ठहर गरेको हो। यस खण्डलाई वृहद् प्रसारण लाइन सञ्जालबाट छुट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्नका लागि यसको निर्माण २०८३ साल जेठभित्रै सम्पन्न हुने सुनिश्चित गर्नेछ।' 

यो सीमापार प्रसारण लाइन विद्युत प्रसारण आयोजनाको महत्वपूर्ण अंश हो र यसले नेपालको आवश्यकता पूरा गर्न सीमापार विद्युत् व्यापारलाई सहजीकरण गर्नेछ । नयाँ बुटवल – गोरखपुर सीमापार प्रसारण लाइन निर्माण कार्यको व्यवस्थापन गर्ने वित्तीय तथा स्वामित्व संरचनासम्बन्धमा नेपाल सरकार तथा भारत सरकारबीच २०७६ साल असोजमा सहमति भएको थियो ।

बाँकी २९७ किमि प्रसारण लाइनका सन्दर्भमा, निर्धारित समयावधिभित्रै उक्त प्रसारण लाइनको निर्माण सम्पन्न गर्न डिजाइन–बिल्ड निर्माण कम्पनीहरूको सेवा खरिदका लागि एमसिए–नेपालले काम अगाडि बढाइरहेको छ । 

corrent noodles
Metro Mart

प्रसारण लाइनहरू समयमै, बजेटभित्रै र नेपाल सरकार एवं एमसीसीको वातावरणीय तथा सामाजिक मापदण्ड अनुसार निर्माण हुने सुनिश्चित गर्न एमसिए–नेपाल प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: Mar 06, 2024| 18:49 बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्