आइतबार, साउन १०, २०८३

११ अर्बको फलफूल आयात, दुई अर्ब बढीको कागती मात्रै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कृषिप्रधान मुलुकमा ११ अर्बको फलफूल आयात हुँदा तीन करोडको मात्रै निर्यात हुने गरेको छ।

कालीमाटी तरकारी बजारमा मात्रै दुई अर्ब १५ करोड रुपैयाँको कागती भारतबाट आयात भएको देखिन्छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार मुलुकमै उत्पादन गर्न सकिने फलफूलको लागि अरबौं मुद्रा बाहिरिने गरेको देखिएको हो।

मुलुकमा कृषि तथा पशुपन्छीको क्षेत्रमा परिमाणमुखी कार्यक्रम तथा तालिमहरु हुन नसक्दा ती क्षेत्रको विकास हुन नसकेको सरोकारवलाहरुले बताउदै आएकाछन्।
 
त्यसलार्इ मध्यनजर गरेर मन्त्रालयले फलफूल दशक(आव ०७३/७४ देखि ०८२/८३) अभियान सम्बन्धि कार्यक्रम, सार्वजनिक तथा निजी जग्गामा फलफूल खेती विस्तार कार्यक्रम र कागती प्रवद्र्धन कार्यक्रम गरिने बताएको छ।

कार्यक्रममार्फत फलफूल ब्यवसायलाई अभियानकै रुपमा विस्तार गरी दश वर्षभित्र प्रमुख फलफूलहरु(आँप, लिची, केरा, सुन्तला, कागती, ज्यामिर, स्याउ लगायत)मा देशलाई आत्मरनिर्भर बनाइ निर्यात प्रबद्र्धन गर्ने उद्देश्य राखेको छ।

माग र सम्भावनाको आधारमा सबै जिल्लामारुमा उक्त फलफूल लगाइने जनाइएको छ।

सरकारी खाली जग्गाहरुमा फलफूल विरुवा रोपण गरी पर्यावरणीय सुधार तथा भू–उपयोगिता बढाइ उत्पादनशिल बनाउने, निजी जग्गाहरमा व्यवसायिक फलफूल खेतीको विस्तारलाई प्रवद्र्धन गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्ने मन्त्रालयको भनाइ छ।

कार्यक्रम राष्ट्रिय फलफूल विकास केन्द्रले सन्चालन गर्नेछ। जसबाट निजी जग्गामा फलफूल खेती विस्तारमा प्रोत्सहनका लागि प्रतिस्पर्धाका आधारमा फार्म/कम्पनी/संस्था एवं समुह/सहकारीहरुलाई अनुदान उपलब्ध गराइने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्