बुधबार, असोज २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रसुवाका भन्सार अधिकृतसहित छ जनामाथि मुद्धा, ७५ करोड माग दाबी

रसुवाका भन्सार अधिकृतसहित छ जनामाथि मुद्धा, ७५ करोड माग दाबी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- रसुवा भन्सारका तत्कालीन भन्सार अधिकृतसहित ६ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्धा दायर गरेको छ। उनीहरु बिरुद्ध करिब ७५ करोड रुपैयाँ माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।

विभागकाअनुसार तत्कालीन भन्सार अधिकृत पवित्रकुमार खड्का, नायव सुब्बा धिरजकुमार थापा, मितेरी इन्टरनेसनलका प्रोपाइटर सुमन श्रेष्ठ, सामान धनी रञ्जन त्रिपाठी मुद्धा दायर गरिएको हो।
उनीहरुबिरुद्ध भन्सार छलाएर सामान पठाई हानी नोक्सानी गरेको विरुद्ध जरिवानासहित जनही करीब १५ करोड रुपैयाँ बिगो र तीन वर्ष कैद माग दाबी गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्