काठमाडौं- नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रबीच सम्झौता भएको छ।
उक्त सम्झौता बमोजिम दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बहिरबुक, डँक्ट बहिरशुल्क, चिकित्सकिय सामाग्री, बाह्य प्रयोगशाला परीक्षण, खोप प्रक्रियाहरू र आईभीएफ बाहेक सामान्य अस्पताल शुल्कहरुमा १२∞ को विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ।
माथि उल्लिखित छुटहरुका साथै दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई छिटो चिकित्सा सेवाहरु प्रदान गर्न तत्पर रहनेछ । साथै आपतकालिन अवस्था परेको समयमा अस्पतालले बैंकलाई सूचीबद्ध शुल्कमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ।
“ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्र संगको सम्झौताले कार्ड प्रयोगकर्तालाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास बैंकले लिएको छ”, नबिल बैंक लिमिटेडका प्रमुख खुद्रा बैंकिङ निरज शर्माले भने।
“नेपाली नागरिकहरुलाई अधिक सेवा पुर्याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउ“दा हामीलाई धेरै खुशि लागेकोछ र यो सम्झौताले सेवामा हामि थप एक कदम अगाडी बढेको विश्वास गर्दछौं ।” दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक श्री सुरज बलाया श्रेष्ठले भन्नुभयो ।
दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्र एक सुविधा सम्पन्न ५५ बेड सहितको स्वास्थ्य संस्था हो । बहुविशेषता भएको सो अस्पताल बिरामीहरुको निरन्तर सेवामा उन्मुख रहंदै किफायती उपचार प्रदान गर्दै आएको छ ।
नबिल बैंकले ७४ वटा शाखाहरुको सञ्जाल, १२१ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४