बुधबार, असोज २८, २०८३

फेरि दोहोरो अंकले बढ्यो नेप्से

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दोहोरो अंकले नेप्से बजार बढेको छ। सोमबार नेप्से १२.४९ अंकले बढेर एक हजार १४४.१९ बिन्दुमा पुगेको छ। लगानीकर्ताको मनोबल बढ्नुका साथै नेप्सेप्रति सरकार सकरात्मक हुदा नेप्से बजार बढेको हो।

सेन्सेटीभ इन्डेक्स समेत २.८० अंक बढेर दुई सय ४३.८१ बिन्दुमा पुगेको छ।

आइतबार १०.८५ अंक नेप्से बढेर एक हजार १३१.७० बिन्दुमा पुगेको थियो। जसमा ‘क’ बर्ग कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.६८ अंक बढेर २४१.०२ बिन्दुमा पुगेको थियो। 

लगानीकर्ताहरुले राखेको मागप्रति धितोपत्र बोर्ड सकरात्मक देखिएको, अर्थमन्त्रालयले समेत नेप्सेलाई चासोको साथ हेरेको, नेपाल इन्भेस्टमेन्ट बैंकले दिएको लाभांश लगायतको कारणले पनि नेप्से बजारमा सकरात्मक प्रभाव परेको नेप्से बिश्लेषकहरु बताउछन्।


सोमबार नेप्से बजारमा आएका १० समूहमध्ये अधिकांश समूहको परिसूचक बढेको छ। सबैभन्दा बढी लाईफ इन्स्योरेन्स समूहको परिसूचक ९८.६९ अंक बढेको छ।

त्यस्तै ननलाईफ इन्स्योरेन्स समूहको परिसूचक ७२.०५, होटेल समूहको परिसूचक २३.८७ अंक बढेको छ। बैंकिङ समूहको १३.४३, विकास बैंक समूहको १४.८, हाइड्रो समूहको ५.१, फाइनान्स समूहको ४.४ र माइक्रोफाइनान्स समूहको परिसूचक १८.०८ अंक बढेको छ।

यसैबीच उत्पादनमुलक समूह र अन्य समूहको परिसूचक भने क्रमशः २.५१ र २.७९ अंकले घटेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्