काठमाडौं- नेप्से बजार बढ्ने क्राममा छ। सोमबार नेप्से कारोबार दोहोरो अंकले बढ्ने देखिन्छ। कारोबार शुरु भएको चार घन्टापछि नेप्से परिसूचक आठ अंकभन्दा बढी बढेर एक हजार १३९ बिन्दु नाघेको छ। ‘क’ बर्गको सेन्सेटीभ इन्डेक्स पनि बढ्ने देखिन्छ।
यो साताको नेप्से कारोबारको पहिलो दिन आइतबार १०.८५ अंक नेप्से बढेर एक हजार १३१.७० बिन्दुमा पुगेको थियो। जसमा ‘क’ बर्ग कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.६८ अंक बढेर २४१.०२ बिन्दुमा पुगेको थियो।
लगानीकर्ताको मनोबल बढेको, लगानीकर्ताहरुले राखेको मागप्रति धितोपत्र बोर्ड सकरात्मक देखिएको, नेप्सेलार्इ अर्थमन्त्रालयले समेत चासोको साथ हेरेको, नेपाल इन्भेस्टमेन्ट बैंकले दिएको लाभांश लगायतको कारण बजार बढेको सरोकारवलाहरुको भनाइ छ।
सोमबार नेप्से बजारमा आएका दश समूहमध्ये अधिकांश समूहको परिसूचक बढेको छ। लाईफ इन्स्योरेन्स समूह, ननलाईफ इन्स्योरेन्स समूह, माइक्रोफाइनान्स समूह, बैंकिङ, विकास बैंक लगायत समूहको परिसूचक बढ्ने देखिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४