शुक्रबार, भदौ १२, २०८३

लोसपा केन्द्रीय समिति बैठक फागुन २७ देखि २९ सम्म बस्ने

 |  बुधबार, फागुन १६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १६, २०८०

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय समिति बैठक यही फागुन २७ देखि २९ गतेसम्म बस्ने भएको छ।

समसामयिक विषयमा छलफल गर्न पार्टीको बैठक बस्न लागेको नेता मनिष मिश्रले जानकारी दिए। बैठक फागुन २७, २८ र २९ गते महोत्तरीको बर्दिबास्थित पावन मिथिला पार्टी प्यालेसमा बस्नेछ।

हालैमात्र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले अलग गतिविधि गर्न थालेका छन्। महतोले राष्ट्रिय मुक्ति आन्दोलनको नाममा अलग प्रशिक्षण र माइतीघर-बानेश्वरमा निषेधित क्षेत्र तोड्ने कार्यक्रम सुरू गरेका छन्।

 

प्रकाशित: Feb 28, 2024| 16:15 बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्