शुक्रबार, भदौ १२, २०८३

माओ‌वादी पनि आगामी निर्वाचन एक्लै लड्ने

 |  बुधबार, फागुन १६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १६, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै लड्ने भएको छ। आज सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।

बैठकपछि उपाध्यक्ष अग्नि सापकोटाले भने, 'अब आउने निर्वाचनमा हाम्रो पार्टीले सिंगल नै प्रतिस्पर्धा गर्नेछ। यो विषय कार्यनीतिक विषय हो, रणनीतिक विषय होइन। हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने गरी तयारी गर्नुपर्छ।’

हालैमात्र नेपाली कांग्रेसको महासमिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने प्रस्ताव पारित गरेको थियो।

प्रकाशित: Feb 28, 2024| 15:45 बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्