बुधबार, असार १०, २०८३

'जनता मारेको घटनामा मुछिएका मन्त्री झण्डा हल्लाएर हिँड्न मिल्छ ?'

 |  बुधबार, फागुन १६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १६, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तामा लिप्त भएकै कारण मन्त्रीहरुले आफ्नो नैतिकता गुमाउँदै गएको बताएका छन्। विराटनगरमा  आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले नैतिकता भएको भए आफू वा आफ्नो मन्त्रालयका विषयमा विवाद सिर्जना हुँदा नै राजीनामा दिनुपर्ने बताए।

National life

जनताको मृत्युको कारणमा देखिएका मन्त्रीले राजीनामा दिएर नैतिकता प्रस्तुत गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले भने, ‘मन्त्रीकै कारण जनताको मृत्यु भएको र घटनामा मुछिएपछि सरकारका मन्त्रीले तत्कालै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने थियो। त्यसो नगरी झण्डा हल्लाएर हिँड्न मिल्छ?’

अध्यक्ष ओलीले एमाले सरकारमा हुँदा मन्त्रीका सामान्य कुराको विवाद आउँदै गर्दा राजीनामा दिएको बताए। तर, अहिले घटनामा मुछिएको कुरा आउँदासमेत राजीनामा दिनुपर्नेमा उल्टै झण्डा हल्लाएर हिँडेको उनको भनाइ छ। 'क्याबिनेटले बनाएको समितिले मान्छे मरेको घटनामा मन्त्रीकै दोष छ भन्दा पनि किन राजीनामा नदिने? उनले प्रश्न गरे।

प्रतिपक्ष भएकाले आफूहरूले गठबन्धन सरकारलाई सुझाव दिने भएको र दिँदै आएको पनि उनको भनाइ छ। तर, गठबन्धन सरकारले आफ्नो सुझाव लिने वा सुन्ने नगरेको पाइएको उनले बताए।

अहिलेको गठबन्धन भनेको खरानीको डल्लो भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले भने, ‘खरानीको डल्लो भनेको सुक्यो भने पनि फुट्छ, भिजायो वा भिज्यो भने पनि फुट्छ।' मुलुकको अर्थतन्त्र सुधार गर्नेतर्फ कांग्रेसको सोच र चिन्तन नै नभएको ओलीको भनाइ छ।

Shivam cement

प्रकाशित: Feb 28, 2024| 14:50 बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्