शुक्रबार, भदौ १२, २०८३

राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

 |  बुधबार, फागुन १६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १६, २०८०

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

पार्टीले निर्णय गरे पनि यस सम्बन्धमा गठबन्धनभित्र पनि छलफल हुने र त्यसपछि निष्कर्षमा पुगिने उनले बताए। बैठकमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाबी गर्नुपर्छ भनेर अधिकांश सदस्यले धारणा राखेका थिए।

राष्ट्रिय सभा अध्यक्षको पद यही फागुन २० गतेदेखि रिक्त हुँदै छ। उक्त पदमा सत्ता गठबन्धनभित्रकै विभिन्न दलले दाबी प्रस्तुत गरेका छन्। 

प्रकाशित: Feb 28, 2024| 13:50 बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्