बिहीबार, चैत २६, २०८२

महासमिति बैठकको कभरेज गर्ने पत्रकारलाई कांग्रेसले गर्‍यो सम्मान

 |  बुधबार, फागुन १६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १६, २०८०

काठमाडौं- नेपाली कांग्रेसले फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकको समाचार आम जनतामाझ पुर्याउन सहयोग गरेका सञ्चारकर्मीलाई सम्मान गरेको छ।

National life

कांग्रेसको महासमिति प्रचारप्रसार उपसमितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा महासमिति बैठकको समाचारलाई आम जनतामाझ पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरको विभिन्न सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीलाई सम्मान गरेको हो। 

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले सञ्चार क्षेत्रको तर्फबाट महासमिति बैठकमा अहोरात्र खटेर सत्यतथ्य समाचार आम जनतामाझ पुर्याएको भन्दै धन्यवाद व्यक्त गरे। उनले सञ्चारमाध्यमको समाचारका कारण पार्टीलाई शुद्धीकरण र सुदृढीकरण बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले पार्टीका हरेक गतिविधि आम जनतामाझ लैजानका लागि प्रचार विभागले काम गरेको भन्दै आगामी दिनमा पनि रचनात्मक सहयोगको अपेक्षा गरे।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्वतःस्फूर्त रुपमा सञ्चारकर्मीले महासमिति बैठकका समाचार जनतामाझ पुर्याएर अतुलनीय योगदान गरेका बताए। उनले पार्टीको बल भनेको भ्रातृ र शुभेच्छुक संस्था भएको बताउँदै पार्टीले अझ बढी नेपाल प्रेस युनियनसँग अपेक्षा गरेको उल्लेख गरे।

उपसमितिका सदस्य एवं संविधानसभा सदस्य दीपकप्रसाद कुँइकेलले महासमिति बैठकलाई नेपालमात्र नभई अन्तर्राष्ट्रिय जगत्ले पनि चासोका साथ हेरेकाले सञ्चारमाध्यमको ठूलो भूमिका रहेको बताए।

kumari

प्रकाशित: Feb 28, 2024| 09:09 बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्