बिहीबार, असार ११, २०८३

सरकारलाई सभामुखको रुलिङ- सांसदले उठाएको कुराको जवाफ दिनू

 |  सोमबार, फागुन १४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १४, २०८०
National life
Shivam cement

काठमाडौं- १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ। दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषयहरूमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गरेका छन्।

रुलिङ भएसँगै सभाको बैठक नियमित रूपमा सुचारु भएको छ। सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भने,  ‘माननीय सदस्यहरू, बैठकमा नियमित रूपमा यहाँहरूले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरूले उठाउनुभएको विषयहरूमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

यसअघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विवादित मन्त्रीहरूको राजीनामाको माग गरेका थिए। मन्त्रीहरू विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए। सोही कारण बैठक १५ मिनेट स्थगित भएको थियो।

प्रकाशित: Feb 26, 2024| 12:48 सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्