सोमबार, चैत २, २०८२

दिल्लीमा अकस्मात दशौँ हजार हिन्दूले किन गरे प्रदर्शन ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
नयाँ दिल्ली– हिन्दूहरूका आस्थाका धरोहर भगवान् रामको जन्मस्थल अयोध्या सहरमा विशाल मन्दीर निर्माणको माग गर्दै आएका रामभक्त हिन्दूहरूले राजधानी नयाँ दिल्लीमा दशौँ हजारको सङ्ख्यामा प्रदर्शन गरेका छन् । 

कडा सुरक्षाबीच आइतबार भएको प्रदर्शनमा देशका विभिन्न स्थानबाट दिल्ली पुगेका नागरिकहरूको सहभागिता रहेको थियो । प्रदर्शनमा सहभागी रामभक्त हिन्दूहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दीर निर्माणका लागि अनुमति नदिँएसम्म उनलाई आवतजावतमा समेत अवरोध गर्ने उनीहरुकाे भनाइ छ । 

रामभक्त भारतीय भएको बताउने एक सहभागीले भने, “हामीले मन्दीर बनाउने प्रतिवद्धता प्रधानमन्त्रीबाट नआएसम्म दिल्लीका सडकमा प्रदर्शन गरिरहन तयार छौँ ।” 

प्रधानमन्त्रीका समर्थक रहेका केहीले प्रदर्शनकारीले भने, “हिन्दूवादी नेता भएर पनि रामको जन्मभूमि मानिएको अयोध्या सहरकोे भूमिमा मन्दीर बनाउन प्रधानमन्त्रीले ध्यान नदिएको भनी प्रधानमन्त्री प्रति आक्रोश व्यक्त गरेका थिए ।” 

हिन्दूहरूले अयोध्यास्थित विवादास्पद बनेको भूमिभगवान रामको जन्मस्थान रहेको बताउने गर्छन् । उक्तस्थानमा भगवान रामको मन्दिर भत्काएर ४६० बर्षपहिले ९मध्यकालीन समयमा० मस्जिद निर्माण गरिएको दावी कतिपय भारतीय हिन्दू धर्माबलम्बीले बताउने गर्छन् । 

भारतको अयोध्या शहरमा सन् १९९२ मा बाबरी मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । कट्टरवादी हिन्दू समूहहरूले उक्त स्थान हिन्दूहरूका आस्थाका केन्द्र भगवान रामको भएको र त्यहाँ उहाँको विशाल मन्दिर स्थापना गर्नुपर्ने आवाज उठाएका थिए । 

आयोजकले यस अघि अयोध्या र भारतीय अन्य दुई शहरमा केही हप्ता पहिले प्रदर्शन गरेका थिए । 

बाबरी मस्जिद भत्काएर सन् १९९२ मा मन्दिरको निर्माण गर्ने प्रयासमा भएका झडपमा अधिकांश मुसलमानसहित दुइ हजारभन्दा बढी नागरिकको मृत्यु भएको थियो । उक्तस्थान भारतीय हिन्दूहरू र अल्पसङ्ख्यक मुसलमानहरूबीचको द्वन्द्वको कारण बन्दै आएको छ । एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।