शुक्रबार, भदौ १२, २०८३

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

 |  आइतबार, फागुन १३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १३, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आइतबार बस्न लागेको हो। बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ।

आजको बैठकमा पदाधिकारीसहित नेताहरूको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची रहेको थियो भने बैठकमा अभियानबारे समीक्षा र तराई मधेश अभियान चलाउने निर्णय भएपनि कार्यविभाजन गर्न बाँकी रहेको छ। जुन आइतबार सकाउने तयारी छ।

साथै माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाई सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाई सजाय गर्ने पनि जनाइएको छ।

प्रकाशित: Feb 25, 2024| 09:05 आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्