मंगलबार, फागुन २६, २०८२

मुलुकको भविष्य कांग्रेससँग जोडिएको छ : नेता कोइराला

 |  शनिबार, फागुन १२, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १२, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले मुलुकको भविष्य नेपाली कांग्रेससँग भएको बताएका छन्।

National life

कांग्रेस पूर्वमहामन्त्री डा. कोइरालाले महासमिति सदस्यको सम्मानमा आज यहाँ आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य कांग्रेससँग भएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए।

‘महासमितिसँगै उत्साह र उमङ्ग बोकेर जिल्ला जाऔँ, आउँदो निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाऔँ’, डा कोइरालाले भने। कांग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन नसक्ने उनको भनाइ थियो। सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे।

‘विपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि सङ्घर्ष गर्नुभएको थियो, उहाँको सङ्घर्षलाई कांग्रेसले भुल्नुहुँदैन’, उनले भने। जीवन सङ्घर्ष भएकाले सङ्घर्ष गर्न सिक्नुपर्ने नेता डा कोइरालाको भनाइ थियो।

कांग्रेस सङ्खुवासभाका सभापति एवं सांसद दीपक खड्काले सबैलाई स्वागत गर्दै चियापानले पार्टीभित्र भावनात्मक सम्बन्ध र एकताको सन्देश दिएको बताए। कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत पार्टीका केन्द्रीय तहका नेता, महासमिति सदस्य तथा कार्यकर्ताको सहभागिता थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 24, 2024| 11:31 शनिबार, फागुन १२, २०८०
प्रतिक्रिया दिनुहोस्