शनिबार, साउन १२, २०८१

एमाले कैलाली अध्यक्षमा यज्ञराज ढुंगाना विजयी

 |  शनिबार, फागुन १२, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १२, २०८०

triton college
Metro Mart
vianet

कैलाली- नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना निर्वाचित भएका छन्। उनले अध्यक्ष पदका अर्का उम्मेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गरेका हुन्। 

निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, सचिवमा ममताप्रसाद चौधरी, उपसचिवमा चूडामणि भट्ट र महिला उपसचिवमा गङ्गाकुमारी चौधरी विजयी भएका छन्। 

मतदान गए राति सकिएको थियो। मतगणना भने आज बिहान सकिएको हो। यही फागुन ६ गते अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। पाँच सय ९१ प्रतिनिधि रहेको जिल्ला अधिवेशनमा पाँच सय ७७ मत खसेको थियो।  

प्रकाशित: Feb 24, 2024| 11:06 शनिबार, फागुन १२, २०८०
प्रतिक्रिया दिनुहोस्