बिहीबार, असार ११, २०८३

बैंकिङ कसूर तथा सजाय विधेयक दफावार छलफलका लागि समितिमा

 |  शुक्रबार, फागुन ११, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ११, २०८०
National life
Shivam cement

काठमाडौं- प्रतिनिधिसभाले ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’लाई दफावार छलफलका लागि समितिमा पठाएको छ। 

सभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी राखेको प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो। बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए। 

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्नुभएको थियो। प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १३ गते आइतबार बिहान ११ बजे बस्नेछ। 

प्रकाशित: Feb 23, 2024| 18:08 शुक्रबार, फागुन ११, २०८०
प्रतिक्रिया दिनुहोस्