शुक्रबार, भदौ १२, २०८३

मन्त्रीको राजीनामा नआउँदा संसद्‍मा होहल्ला, बैठक स्थगित

 |  शुक्रबार, फागुन ११, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ११, २०८०

काठमाडौं- नेकपा एमालेको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवाको मृत्यु हुने गरी भएको घटनाको मुख्य जिम्मेवार मन्त्री प्रकाश ज्वाला भएको प्रतिवेदन छानबिन समितिले बुझाएको उल्लेख गर्दै उनलाई कारबाही गर्न माग गर्दै एमालेले संसद् अवरोध गरेको हो।

एमालेको अवरोधका कारण सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन्।

बैठक सुरु भएलगत्तै एमाले र राप्रपाले विवादित मन्त्रीहरुको राजीनामा लगायतका विषयमा प्रश्न उठाएका थिए। कांग्रेस सांसद राजेन्द्र केसीले प्रतिपक्षले नियतवश गणपूरक संख्या पुर्‍याउन नदिन बैठक छोडेको भन्दै कुरा उठाउपछि सुरुमै एमाले सांसदहरुले आपत्ति जनाएका थिए। त्यसपछि बोल्ने क्रममा एमाले सांसद योगेशकुमार भट्टराईले विवादित मन्त्रीहरुको राजीनामा मागे।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विवादमा परेका भौतिक योजना मन्त्रीको राजीनामाको कुरा उठाउँदै प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरे। संक्षिप्त समयमा सांसदहरुले बोलेपछि एमाले र राप्रपाका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए। त्यसपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

प्रकाशित: Feb 23, 2024| 12:18 शुक्रबार, फागुन ११, २०८०
प्रतिक्रिया दिनुहोस्