बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • 'संविधान संशोधन गरेर गठबन्धनका नेतालाई कानुन नलाग्ने व्यवस्था गरौँ'

'संविधान संशोधन गरेर गठबन्धनका नेतालाई कानुन नलाग्ने व्यवस्था गरौँ'

 |  शुक्रबार, फागुन ११, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ११, २०८०

काठमाडौं- स्वतन्त्र सांसद अमरेश कुमार सिंहले ठूला दलका नेताहरूले देशको कानुन उल्लंघन गरिरहेको बताउँदै उनीहरुलाई कानुन नै नलाग्ने व्यवस्था गर्नुपर्ने व्यंग्य गरेका छन्।

National life

शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसद सिंहले सत्तामा रहेका गठबन्धन दलका नेतालाई कानुन नलाग्ने हो भने संविधान नै संशोधन गरेर यो व्यवस्था थप्न माग गरे। उनले भने, ‘नियमकानुन बनाउने तर ठूलालाई नलगाउने हो भने भनौँ कि संविधान संशोधन गरेर जो सत्तामा हुन्छन्, सत्ता गठबन्धनका ठूला मान्छेलाई नियम कानुन लाग्दैन।’

राज्यव्यवस्था तथा सुशासन समितिले पनि यो विषय नउठाएको सांसद सिंहले गुनासो गरे। उनले सामाजिक सुधार व्यवस्था ऐन २०३३ मा दुलहा-दुलहीको भोजमा आफन्तसहित ५१ जनाभन्दा बढी सहभागी बन्न नपाउने व्यवस्था रहेको तर प्रधानमन्त्री प्रचण्डकी नातिनी र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको छोराको बिहेमा आर्मी अफिसर्स क्लबमा भएको बिहे भोजमा हजारौं सहभागी भएको बताए। उनले तराई क्षेत्रमा बिहे भोज गर्नुपर्दा जनता ऋण लिएर मिटरब्याजको पासोमा परेको बताउँदै ठूलाले नियम पालना नगर्दा समस्या भएको बताए।

मिटरब्याजी सरकारले नै संरक्षण गरेर बनाएको उनले आरोप लगाए। मिटरब्याजीले राजनीतिक दललाई पैसा दिने र उनीहरूबाट संरक्षण पाउने गरेको सांसद सिंहको भनाइ छ। उनले २४ दिन हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितको माग सम्वोधन गर्न सरकारलाई ध्यानाकर्षण गराए।

प्रकाशित: Feb 23, 2024| 11:57 शुक्रबार, फागुन ११, २०८०
प्रतिक्रिया दिनुहोस्