बिहीबार, असार ११, २०८३

कांग्रेस अब एक्लै चुनाव लड्ने

 |  बिहीबार, फागुन १०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १०, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गरेको गठबन्धन नगरी एक्लै चुनाव लड्ने प्रस्ताव महासमिति बैठकबाट पारित भएको छ। 

National life

ललितपुरको गोदावरीमा भएको महासमिति बैठकमा महामन्त्री थापाले चुनावमा कांग्रेसले गठबन्धन नगरी एक्लै लड्ने गरी सांगठनिक प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव आज पारित भएको हो। 

‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ- हामी भविष्‍यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ उनको प्रस्तावमा उल्लेख गरिएको छ, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन:स्थापित गर्नेछौं।’

congress_bYVMfYHORE-1708598881.jpg
बैठकमा सभापति शेरबहादुर देउवा पक्षका कतिपय महासमिति सदस्यले गठबन्धन रणनीति विषय भएको तर्क गरेका थिए। त्यसैले अहिले नै निर्णय गर्न नहुने बताएका थिए। तैपनि उक्त प्रस्ताव सर्वसम्‍मतले पारित भएको छ। 

महामन्त्री गगन थापाले निर्णायार्थ पेश गर्दा कसैले विरोध गरेका थिएनन्। महासमिति सदस्यहरूले ताली बजाएर पारित गरेका थिए। 

Shivam cement

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र लेखा समिति संयोजक श्याम घिमिरेले लेखा प्रस्ताव पेश गरेका थिए। ती प्रस्ताव पनि पारित भएका छन्। अब ती प्रस्तावहरू केन्द्रीय समितिले अनुमोदन गर्नका लागि पठाइनेछ।

प्रकाशित: Feb 22, 2024| 18:00 बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्